यश कुमार परियार–चैत्र १५,
२०७६,काभ्रे/

जिल्ललाको नमोबुद्ध नगरपालिकामा २० बेडको क्वारेन्टाईन् निर्माण गरीएको छ । नगर प्रमुख टि.पि. शर्मा तिमल्सिनाका अनुसार वडा नं ४ मा रहेको जनक माध्यमिक विद्यालयमा २० बेडको क्वारेन्टाईन निर्माण गरिएको हो ।
यस अधि ८ बेड सहितको आईसोलेसन कक्ष निर्माण गरिएको भएपनि हालको आवश्यकतालाई मध्यनजर गर्दै क्वारेन्टाईन बनाईएको नगर प्रमुख तिमल्सिनाले जानकारी दिए । कोरोना भाईरसको संक्रमितलाई सदरमुकाम धुलिखेलमा रहेको धुलिखेल अस्पतालमा उपचार हुने भएकाले हाल क्वारेन्टाईनलाई प्राथमिकता दिएको उनको भनाई छ ।
साथै आवश्यकता अनुसार क्याम्प बनाएर कोरोना संभावितको उपचार गरिने पनि उनले बताए । रोशी, तेमाल र महाभारत गाउँपालिकाको केन्द्रमा पर्ने नमोबुद्ध नगरपालिकामा हाललाई २० बेडको क्वारेन्टाईन निर्माण गरिएको र तिन ओटा गाउँपालिका सँग समन्वय गरेर आगाडि बढ्ने काम भईरहेको उनले बताए ।

Facebook Comments