रोशी सहकर्मी–चैत्र १५,
२०७६,सिन्धुपाल्चोक /

सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा अन्तरष्ट्रिय मापदण्डको ‘हेल्प डेक्स’ सँञ्चालनमा ल्याईने भएको छ । आज (शनिवार) वसेको जनप्रतिनीधिहरुको वैठकले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुरुप हेल्प डेक्स स्थापना गर्ने निर्णय गरेको हो । बैठकले औषधि तथा अत्यावश्यक सामग्री यथाशीघ्र आयात गर्ने पनि निर्णय गरेको छ ।

गाँउ पालिकामा कोही कसैलाई कोरोना भाईरससँग मिल्दो लक्षण देखिएमा झिर्पुमा स्थापित केन्द्रमा राखिने र संक्रमण वढेमा धुलिखेल अस्पताल पठाईने ब्यवस्था मिलाउने पनि पालिकाले निर्णय गरेको छ ।

कोरोना भाईरस जाँच गर्ने तथा अन्य स्वास्थ्य सामाग्री सहितका सामग्री तातोपानी भन्सार वाट आँउदै गरेकोले गाँउ कार्यपालिकाको वैठक बसी थप सरक्षा सावधानी वारे छलफल गर्ने गर्ने भएको गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो ।

Facebook Comments