रोशी सहकर्मी–चैत्र १५,
२०७६,पाँचखाल/

कोरोना भाईरस अर्थात कोभिड १९ ले यतिबेला देश आतंकित छ । संक्रमण फैलन नदिनका लागि सरकारले लकडाउन गरेको छ । सरकारले आवश्यकता र परिस्थिति हेरेर लकडाउनको अवधि हेरफेर हुने भनिएको छ । लकडाउनका कारण धेरै नागरिक प्रभावित भएका छन् । खास गरी दैनिकि ज्याला मजदुरी गरी खाने मजदुरहरु ।

पाँचखाल नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सन्जय तामाङले विभिन्न संघ संस्थाको सहयोगमा मागेर ३४ परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका छन् । उनका अनुसार प्रतिपरिवार १० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ प्याकेट नुन वितरण गरिएको हो ।

वडामा १ सय २५ घरधुरी मजदुरी गर्ने गरेको जानकारी प्राप्त भएको र लिस्ट तयार भएको जानकारी दिदै सम्भब भएसम्म उनिहरु सबैलाई बितरण गर्ने वडा अध्यक्ष लामाले बताए । त्यस्तै वडा भित्र रहेका पसलहरुलाइ ६० वटा स्यानिटाइजर बितरण समेत गरेको लामाको भनाइ छ ।

वडा अध्यक्ष लामाले लक डाउन अवधि भर वडा वासीलाई घरमै बस्न आग्रह गरे । उनले सरकारको यस कदममा नेपाली जनता ले साथ दिनु पर्नेमा जोड दिए ।

Facebook Comments Box