यश कुमार परियार–चैत्र १६,
२०७६,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकाले आफ्नो पालिकाभित्र विदेशबाट आएका र अन्य स्थानबाट आएका संकास्पद मानिसको विवरण पठाउन सबै वडालाई निर्देशन दिईएको छ । आज गाउँपालिका अध्यक्ष दल बहादुर लामा (डि.बि.) द्धारा हस्ताक्षरित सुचना निकाल्दै यसबारे वडा अध्यक्ष र वडा सचिवलाई निर्देशन दिईएको हो । सुचनामा विदेशबाट आएका र कोहि अपरिचित वा संकास्पद मानिस गाउँ प्रवेश भएमा गाउँपालिकामा दैनिक रुपमा विवरण उपलब्ध गराउन समेत अनुरोध गरिएको छ ।

त्यस्तै गाउँपालिकाले अर्को सुचना निकाल्दै गाउँपालिका परिसर भित्र सञ्चालित खानी र क्रसर उद्योगमा काम गर्ने मदजुरको दैनिक उपभोग्य सामग्रीको व्यवस्थापन कसरी भईरहेको छ, त्यसको विवरण तत्कालन उपलब्ध गराउन उद्योगि व्यवसायीलाई निर्देशन दिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालद्धारा जारी सुचनामा यस लक डाउनको समयमा श्रमिकको अवस्थाको वारेमा विवरण पठाउन निर्देशन दिईएको हो ।

Facebook Comments