आशोकबुद्ध लामा–चैत्र १७,
२०७६,काभ्रे/

नेपाली काँग्रेस काभ्रेका पुराना नेता पुष्परञ्जन नेवाको ७९ बर्षको उमेरमा निधन भएको छ । नेता नेवाको आज (सोमबार) निधन भएको परिवारले जनाएको छ ।

नेवको निधन प्रति नेपाली काँग्रेस काभ्रेले शोक वक्तव्य जारी गरेको छ । नेपाली काँग्रेस काभ्रेका जिल्ला सचिव दिनेश लामाद्वारा हस्ताक्षरित शोक वक्तव्यमा प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा पटक–पटक जेल परेका आफ्ना एक परिपक्व अभिभावक गुमाएको उल्लेख गरेको छ ।

‘उहाँको निधनले हामीलाई स्तब्ध र मर्माहत बनाएको छ । नेपाली काँग्रेस काभ्रेलाई अपूरणीय क्षति हुनुको साथै एक परिपक्व अभिभावक गुमाएका छ ।’ सचिव लामाद्वारा प्रेषि वक्तव्यमा भनिएको छ, ‘यस दुःखद घडीमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति, काभ्रे स्वर्गीय नेता नवा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।’

स्वर्गीय नेता नेवा काँग्रेसका अग्रज योद्धा तथा नेपाल शिक्षक संघ जिल्ला कार्य समिति काभ्रेका पूर्व सचिव हुन् ।

Facebook Comments