Wednesday, May 6, 2026
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्दमा एच.पि.भी. खोप दिन खटिने स्वास्थ्यकर्मीहरुलाई १ दिने अभिमुखीकरण

RadioRoshi by RadioRoshi
बिहिबार, माघ २४, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह, स्वास्थ्य
0
नमोबुद्दमा एच.पि.भी. खोप दिन खटिने स्वास्थ्यकर्मीलाई अभिमुखिकरण
597
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

काभ्रे जिल्लाको नमोबुद्द नगरपालिकामा फागुन १ देखि ६ गतेसम्म सञ्चालन हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एच.पि.भी.) दिन खटिने स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गराईएको छ । आज नगरप्रमुख तथा पालिका स्तरीय खोप समन्वय समितिका संयोजक कुन्साङ लामाको अध्यक्षतामा जनस्वास्थ्य कार्यालय काभ्रेले अभिमुखीकरण गराएको हो ।

You might also like

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै नगरप्रमुख तथा पालिका स्तरीय खोप समन्वय समितिका संयोजक कुन्साङ लामाले एचपिभी खोपले पाठेघरको मुखको क्यान्सर जस्ता खतरनाक रोगहरूबाट बचाउन मद्दत गर्ने भएकाले सबै नगरवासीहरूलाई यो अभियानमा सक्रिय रूपमा सहभागी हुन र आफ्ना लक्षित वर्गका छोरीहरुलाई खोप लगाउनको लागि प्रेरित गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नेपाल सरकारले सञ्चालन गर्न लागेको यो निःशुल्क खोप अभियानमा लक्षित बर्गका सबै किसोरीहरुले खोप लगाउन पर्ने बताउनुभयो । त्यस्तै सम्पुर्ण भ्याक्सिनेटरहरुलाई यो खोपको प्रभावकारिता बारे सम्पुर्ण किसोरिहरु तथा अभिभावकहरुलाइ समेत जानकारी गराउन अनुरोध गर्नुभयो । यो खोपको बारे समाजमा भएका भ्रमहरुलाइ चिर्दै अघि बढ्न अनुरोध गर्नुभयो ।

त्यस्तै पालिका भित्रका सम्पुर्ण बिध्यालयका प्रअ हरुलाइ यो खोपको बारे प्रचारप्रसार गराउन आग्रह गर्नुभयो । खोप अभियानको समयमा स्वास्थकर्मीहरुलाई बिदामा नबस्न निर्देशन दिनुभयो । पाठेघरको मुखको क्यान्सर जस्तो खतरनाक रोगबाट बचाउन यो खोप अत्यन्तै प्रभावकारी रहने बताउनुभयो । अभिभावकहरूलाई आफ्ना छोरीहरुलाई खोप लगाउनको लागि प्रेरित गर्न आग्रह गर्नुहुदै खोप अभियान सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधृकृत पार्थमणी न्यौपानेले यो खोपको बारे प्रस्ट पार्नुभयो । यो खोप लगाएपछी कोहिकोहिमा देखा पर्नसक्नेसामान्य लक्षण र असरहरुको बारे जानकारी दिनुभयो । उहाँले यो खोपको मात्रा र खोप लगाउने बिधि, खोप दिन नहुने अवस्थाहरु, खोप दिने स्वास्थ्यकर्मीहरुले ध्यान दिनुपर्ने विशेष अवस्थाहरु, एच पि भि खोपको कोल्डचेन (तापक्रम) ब्यबस्थापनका बारे स्वास्थ्यकर्मीलाई बताउनुभयो ।

त्यसैगरी, खोपको प्रभावकारिता, खोप अभियानको र नियमित खोपको प्रतिवेदन तयार बारे, खोप कार्डबारे, खोप सेसन तयारी , खोप केन्द्र सन्चालन गर्न आवस्यक पर्ने सामाग्रीहरु, खोप सञ्चालनका पुर्व तयारी , प्रयोग गरेका सिरिन्ज निडिल र अन्य फोहोर ब्यबस्थापन लगायतको बारेमा प्रकाश पार्नुभयो । अस्पतालबाट भन्दा बिद्यालयबाट खोप अभियान बढी प्रभावकारी हुने भएकाले बिद्यालयहरुबाट खोप अभियान सञ्चालन गरिएको उहाँको भनाई छ ।

त्यसैगरी मेथिन्कोट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अच्युत पौडेलले खोप लगाइसकेपछी देखिने अवान्छित लक्षणहरु, यस्ता लक्षणहरुको स्थानीय स्तरमै ब्यबस्थापन तथा उपचारको तरिकाको बारेमा प्रस्ट पार्नुभयो ।

काभ्रे जिल्लामा यो खोप अभियान दुई चरणमा हुनेछ । पहिलो चरण माघ २२ गते मंगलबारबाट सुरु भएर माघ २९ गतेसम्म सञ्चालन हुने छ । पहिलो चरणमा धुलिखेल र बनेपा नगरपालिका, पनौति नगरपालिका, पाँचखाल नगरपालिका, बेथानचोक गाउँपालिका, खानीखोला र महाभारत गाउँपालिकामा खोप अभियान सञ्चालनमा भैसकेको छ ।

दोस्रो चरण फागुन १ देखि ६ गतेसम्म सञ्चालन हुनेछ । यो समयमा नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका, भुम्लु गाउँपालिकाका र चौंरीदेउराली गाउँपालिकाका किशोरीलाई खोप लगाइने छ ।

यो अभियानमा कक्षा ६ देखि १० सम्मका किशोरीहरु लक्षित वर्गमा छन् । त्यस्तै १० देखि १४ वर्ष उमेर समूहका किशोरी छन् । विद्यालय बाहिर समेत यो उमेर समूहका किशोरी भएकाले छुट्टै खोप केन्द्र मार्फत उनीहरुलाई खोप लगाइनेछ । कार्यक्रममा सम्पुर्ण वडाका वडा अध्यक्षहरु, नगरपालिका नगर युवा परिषद् कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, कार्यपालिका सदस्यहरु, बिभिन्न शाखाका शाखा प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।

नमोबुद्द नगरपालिकामा फागुन १ देखि ६ गतेसम्म सञ्चालन हुने खोप अभियान अन्तर्गत नगरपालिका भित्रका बिभिन्न स्थानमा २१ वटा खोप केन्द्र तोकिएका छन् । ९७२ जना लक्षित बर्गका किसोरीहरुलाई खोप लगाईने लक्ष्य राखिएको छ ।

यस्तो छ नमोबुद्धमा खोप अभियान कार्यक्रम तालिकाः
वडा नं. १ मा फागुन १ गते मथुरापाटि मा.वि र लक्ष्मीनारायण मा.वि मा खोप लगाईने छ ।त्यसैगरी वडा नं. २ मा फागुन १ गते गा्रमीण पाठशाला, २ गते भिमेश्वर आ.वि, ४ गते जनकल्याण मा.वि मा खोप लगाईने छ ।वडा नं. ३ मा फागुन १ गते राम मा.वि चरुवा, २ गते कृष्ण मा.वि गहतेमा खोप लगाईने छ ।

वडा नं. ४ मा फागुन १ गते जनक मा.वि, २ गते सँसारीदेवी आ.विमा खोप लगाईने छ । वडा नं. ५ मा फागुन २ गते सातमुल मा.वि बोहोरे, १ गते कानपुर मा.वि मा खोप लगाईने छ ।

त्यसैगरी, वडा नं. ६ मा फागुन १ गते कालिगँगा आ.वि, वडा नं. ७ मा फागुन १ गते नव प्रतिभा ई. बोर्डिङ स्कुल, २ गते सगुन बिद्या मन्दिर, ४ गते जनहित मा.वि मा खोप लगाईने छ ।

वडा नं. ८ मा फागुन १ गते दाप्चा मा.वि, सेतिदेवी आ.वि मा खोप लगाईने छ ।

वडा नं. ९ मा फागुन १ गते कृष्ण मा.वि, २ गते व्क्ष्ल्क्ग्ल्ःभ् स्कुलमा खोप लगाईने छ ।

वडा नं. १० मा फागुन १ गते बालउज्वल मा.वि मा र वडा नं. ११ मा फागुन १ गते आधारभुत स्वास्थ्य सेवा केन्द्र कुरुगाँउमा खोप लगाईने छ ।

Previous Post

नमोबुद्दमा एच.पि.भी. खोप दिन खटिने स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

Next Post

नव प्रतिभा अङ्ग्रेजी मा.वि ले मनायोे ४८औं वार्षिकोत्सब

RadioRoshi

RadioRoshi

Related Posts

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

by RadioRoshi
मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

by RadioRoshi
बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
Next Post
नव प्रतिभा अङ्ग्रेजी मा.वि ले मनायोे ४८औं वार्षिकोत्सब

नव प्रतिभा अङ्ग्रेजी मा.वि ले मनायोे ४८औं वार्षिकोत्सब

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नेपाली विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज आज राति इजरायल उड्ने

नेपाली विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज आज राति इजरायल उड्ने

बुधबार, अशोज २४, २०८०
जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

शुक्रबार, भदौ ६, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

मङ्लबार, बैशाख १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.