चैत्र २५,
२०७७,काभ्रे/

पत्रकार महासंघ काभ्रेको निर्वाचनमा प्रेस युनियनका बद्रिराज तिमल्सिना अध्यक्ष पदमा विजयी भएका छन् । प्रेस चौतारीका अध्यक्ष उम्मेदवार नवराज वजगाँईलाई १७ मत (५१–६८) ले पछि पार्दै तिमल्सिना विजयी भएका हुन् ।

यस्तै उपाध्यक्षमा विनोद कुमार न्यौपाने, महिला उपाध्यक्षमा सुुनिता सापकोटा, सचिवमा कपिल कोईरला, सहसचिवमा सरोज अधिकारी, समावेशी सहसचिवमा जगत मान बल, कोषाध्यक्षमा केदार तिमल्सिना विजयी भएका छन् ।

यस्तै सदस्यहरूमा सदस्यहरुमा अशोक महत, देवराज केसि, मोहनकृष्ण, रञ्जित बोहोरा, सन्तोष न्यौपाने, सुकदेव थपलिया र शिवप्रसाद पन्त छन् । यसैगरी प्रदेश सदस्यमा प्रदिप केसि, भुवन रायमाझी, नवराज सापकोटा, भरत अधिकारी, रामनचन्द्र दनवार, रामहरी श्रेष्ठ र लक्ष्मण तिमल्सिना विजयी भएका छन् ।

Facebook Comments Box