रेडियो रोशी,काभ्रे
नाङशाल एशोसियनस नेपालको १२ औं साधारणसभा सम्पन्न भएको छ । नाङशालका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा भएको साधारण सभाले विधान एव्म निमावली माथिको प्रस्तावलाई संशोधन गर्दै साधारण सभा आज धुलिखेलमा सम्पन्न गरेको हो । साधारणसभामा आर्थिक बर्ष २०७५/०७६ को आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुनिता तामाङ र बार्षिक प्रतिवदेन कार्यकारी निर्देशक गुणराज मुक्तानले पेश गरेका थिए । गैसस महासंघका प्रदेश सदस्य शान्तीलक्ष्मी श्रेष्ठ, जिल्ला अध्यक्ष टोमप्रसाद सापकोटा, संस्थाका सल्लाहकार शंखबुद्ध लामा लगायतले मन्तव्य राखेको उक्त कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, साधारण सदस्य लगायतको उपस्थिती रहेको थियो । नाङशालले जिल्ला विकट खानीखोला, महाभारत, रोशी, बेथानचोक गाउँपालिका लगायतका बिद्यालयमा कार्यक्रम गदै आएको छ ।

Facebook Comments