चैत्र २५,
२०७७,काभ्रे/

चीनबाट अनुदानमा ल्याएको कोरोना भाइरसविरुद्धको खोप आजदेखि सर्वसाधारणलाई लगाउन सुरु गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार चिनबाट प्राप्त ८ लाख डोज खोप १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइनेछ । मन्त्रालयका अनुसार ८ लाख डोज खोप काभ्रे लगायत सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट र रसुवा गरी ७ जिल्लाका २३ वटा खोप केन्द्रबाट दिइने छ । खोप १८ देखि ५९ बर्ष उमेर समूहका प्राध्यापकहरु, चीनमा छात्रबृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरू, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले पाउने मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी र व्यक्ति, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधि फलफूल तरकारी लगायतका व्यापारीलाई खोप लगाउने मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box