बैशाख १४–राजनप्रसाद दाहाल
२०७८,ललितपुर(गिम्दी)/

बागमती गाउँपालिका वडा न. ७ स्थित गिम्दी स्वास्थ चौकिले एम्बुलेन्स सहयोग प्राप्त गरेको छ । गिम्दी प्रबासी युवा समाज मलेसिया ग्रुपको अगुवाइमा समस्त गिम्देली प्रबासी युवा युबतीहरुको संयुक्त प्रयासमा स्वास्थ चौकीले एम्बुलेन्स पाएको हो । गिम्दी स्वास्थ चौकीले सोमबार एक कार्यक्रम गरि एम्बुलेन्स सेवा संचालनको उद्घाटन गरेको छ । बाग्मती गाउँपालिकाका अध्यक्ष बिरबहादुर लोप्चनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एम्बुलेन्स खरिदको लागि सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुलाइ सम्मान गरिएको थियो ।उक्त सम्मान प्रबासीहरुका आफन्त तथा परिवारका सदस्यहरुले ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी लोप्चनले प्रबासीहरुले एम्बुलेन्स खरिद गरि गाउँपालिकामा हस्तान्तरण गर्नु भएकोमा आभार प्रकट गर्दै उक्त एम्बुलेन्स संचालनको सम्पुर्ण जिम्मा गाउपालिकाले गर्ने बताउनुभयो । साथै गिम्देली जनता र सम्पुर्ण गाउपालिका बासीहरुलाइ सस्तो भाडादरमा एम्बुलेन्स सेवा उपलब्ध गराउने पनि प्रतिबद्धता जनाउनुभयो । त्यस्तै विशिष्ट गाउँपालिकाका उपाध्यक्ष रन्जना घिमिरे तिमल्सिनाले प्रबासिको अभिभावकलाई यस्ता कर्मठ र सहयोगी सन्तान जन्माउनु भएकोमा सलुट गर्नु भएको थियो ।

कार्यक्रममा शिक्षकहरुको तर्फबाट मन्तव्य राख्दै जनक मा. बि. का प्रधानाध्यापक गोकर्ण बहादुर फुयालले स्थानीय सरकार आएको चार बर्ष बितिसक्दा पनि जनप्रतिनिधि र स्थानीय नेताहरूको ध्यान नगएको अबस्थामा प्रबासिहरुबाट एम्बुलेन्स खरिद गरि हस्तान्तरण गरिनु ऐतिहासिक क्षण भएको बताउनु भयो । कार्यक्रममा वडा न.४ का अध्यक्ष नारायण बहादुर घले ,वडा न. ३ का अध्यक्ष एबम गा.पा. प्रबक्ता बिष्णु तिमल्सिना लगायतले मन्तव्य राख्नुभएको थियो ।

गिम्दी प्रबासी युवा समाजले यस अघि पनि गिम्दी स्वास्थ चौकीलाई ७ वटा स्टेचर २ वटा हस्पिटल बेड र भित्तेघडी सहयोग गरेको प्रबासी युवा समाजका प्रतिनिधि कमल बहादुर आले मगरले बताउनुभयो ।
साथै कार्यक्रममा गिम्दी प्रबासी युवा समाज मलेसियाकै तर्फबाट बागमति गाउँपालिका वडा नं.७ सुवानेका मृगौला पिडित कमल सिंतानलाइ रु. ८२,२५५ र आगलागी बाट मृत्यु भएका सोही वडाका साहुमारास्थित सन्तलाल सिंगारको परिवारलाइ पनि रु.२०,००० आर्थिक सहयोग गरेको थियो ।

प्रवासबाट आफ्नो गाउँको समृद्धिमा लागेका युवाहरूले गिम्दी प्रबासी युवा समाज मलेसियाले एम्बुलेन्स खरिद गर्नको लागि १० महिनामै रकम जुटाएर एम्बुलेन्स खरदि गर्न सफल भएका हुन । अभियानका संयोजक कृष्णबहादुर जर्घा मगरको संयोजकत्वमा शुरु भएको अभियानले उक्त कार्य गर्न सफल भएको हो ।यस्तै सामाजिक कार्यहरु आगामी दिनहरुमा पनि आफ्नो गाउँ बिकासको लागि निरन्तर लागिरहने प्रबासबाटसंयोजक कृष्णबहादुर जर्घा मगरले बताउनुभयो ।

एम्बुलेन्स खरिदका लागि अमेरिका, दक्षिण कोरिया, रोमानिया, कतार, युएई, साउदी, नेपाल, जापान, मकाउ, इराक, बहराइन लगायतबाट आर्थिक सहयोग बाटउठेको रकम रु.१५,२८,९४९ रहेको गिम्दी प्रबासी युवा समाजको संयोजक कृष्णबहादुर जर्घा मगरले बताउनुभयो । कार्यक्रममा स्वास्थ्य चौकीका कर्मचारी, स्थानीय नेता ,गाउँबमसीहरुको सहभागिता रहेको थियो भने बागमती गाउँपालिका वडा नं.७ को अध्यक्ष नबराज सञ्जेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

सहयोगी मनहरुकोे नामावली:
१, गोपाल कृष्ण दुलाल रु.१,५०,०००! ( अमेरिका)
२, पदम आले मगर रु.१,३०,०००! ( बहराइन )
३, केशब घिमिरे रु.१,००,८६०! ( मलेसिया )
४,कृष्ण ब जर्घा मगर रु.१,००,१११! ( मलेसिया )
५, उद्धब सापकोटा रु.१,००,०३६! ( मलेसिया )
६, बिजय फुयाल रु.१,००,०६५! ( मलेसिया )
७, शुक्रराज सिङ्तान रु. १,००,०६५! ( मलेसिया )
८,अनिशा भोम्जन रु.५३,९३०! ( ईराक )
९ ,ईन्द्र तामाङ्ग रु.५०,३६४! ( मलेसिया )
१०,बिस्नु सुजन दहाल रु.५०,१०३! (मलेसिया )
११, चन्द्र पाण्डे रु.५०,०००!( जापान )
१२, देबराज बस्नेत रु.५०,०००! (द– कोरिया )
१३,कमल आले मगर रु.५०,०००! ( नेपाल )
१४, प्रकाश बराम रु. ३५,०००!( मलेसिया )
१५, रिना भोम्जन रु.३०,०२२! ( मलेसिया )
१६, बुद्धराज गोले रु.३०,०००!( मलेसिया )
१७, प्रल्हात घिमिरे रु.३०,०००!( मलेसिया )
१८, राम तिमिल्सिना रु.३०,०००!( कतार )
१९, शेखर केप्छाकि मगर रु.३०,०००!(अमेरिका)
२०,जय बराम रु.३०,०००!( साउदी )
२१, साजन गोले रु.३०,०२०!( साउदी )
२२, रमेश ढोडारी रु.२५,०००!( मलेसिया )
२३, श्याम ३ सुशीला थापा रु.२५,०००! ( मकाउ ३ ईजराईल)
२४, बिबश अधिकारी रु.२०,६०९!( मलेसिया )
२५, दिलिप बस्नेत रु.२०,०००!( जापान)
२६, सुरेन्द्र भोम्जन रु.१४,८९०!( मलेसिया )
२७,राम कुमार आले मगर रु.१२,०००!( दुबै )
२८,गोपाल कार्की रु,१०,२५०!( मलेसिया )
२९, अस्मिता सापकोटा रु.१०,११६!( जापान)
३०, देब आले मगर रु.१०,१००!( नेपाल)
३१, कुमार तिमल्सिना रु.१०,३०४!( साउदी )
३२, मन्दिरा राना मगर रु.१०,०२२!( कतार )
३३, शक्ति थापा मगर रु१०,०२२!( दुबै )
३४, चन्द्र मान नेगि रु. १०,०००!( रोमानिया )
३५, मिलन आले मगर रु.१०,०००!( द– कोरिया )

Facebook Comments Box