Tuesday, June 2, 2026
Date
मङ्ल, जेष्ठ १९, २०८३
Tue, June 2, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्धका सबै वडा र नगरस्तरीय बाल क्लव सञ्जालका पदाधिकारी बालमैत्री स्थानीय शासन बुझ्न भीमेश्वर नगरपालिकामा

RadioRoshi by RadioRoshi
शनिबार, असार १६, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
नमोबुद्धका सबै वडा र नगरस्तरीय बाल क्लव सञ्जालका पदाधिकारी बालमैत्री स्थानीय शासन बुझ्न भीमेश्वर नगरपालिकामा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नमोबुद्ध नगरपालिकाले नगर तथा वडास्तरीय बाल क्लव सञ्जालका पदाधिकारीले बाग्मती प्रदेशको पहिलो बालमैत्री नगर दोलखाको भीमेश्वर नगरपालिकाको भ्रमण गरेर सोबारे जानकारी लिएका छन् । नमोबुद्धका ११ वटै वडास्तरीय बाल क्लव र नगरस्तरीय बालक्लवका पदाधिकारीहरुले त्यहाँ पुगेर भीमेश्वर नगरपालिका बालमैत्री नगर घोषणा हुने चालेका कदम, प्रकृया, बजेट, नीति तथा कार्यक्रम र योजनाको बारेमा जानकारी लिएका हुन् ।

You might also like

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

बालबालिकाका साथमा नगर प्रमुख कुनसाङ लामा, प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्मा, सामाजिक विकास समितिका संयोजक एवं वडा नं ९ का अध्यक्ष विरबहादुर लामा, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, शिक्षा अधिकृत बुद्धिराज अर्याल, महिला, बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुनुवार, लेखा अधिकृत विमल आचार्य, वातारण अधिकृत सन्तोष काफ्लेलगायत सहभागी हुनुभयो ।
नमोबुद्ध नगरपालिकाको टोलीलाई भीमेश्वर नगर उपप्रमुख कमला बस्नेतले स्वागत गर्नुभयो । निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुनबहादुर कार्कीले नगरपालिका बालमैत्री घोषणा गर्न भएका प्रयास र त्यसयताका कामका बारेमा प्रस्तुती गर्नुभयो । भीमेश्वर नगरपालिकाका सूचना अधिकारी जगदिश अर्याल, महिला तथा बालबालिका शाखामा कार्यरत अधिकृत मंगला मानन्धर, नगर बाल क्लव सञ्जालका सल्लाहकार किरण श्रेष्ठ, विप्लप घिमिरे लगायतले बालमैत्री नगर घोषणा गर्दाका आफ्ना अनुभव सुनाउनुभयो ।

नगर उपप्रमुख बस्नेतले नगरपालिका ३९ वटा सूचक पुरा गरेर २०७६ सालमा नै बालमैत्री नगर घोषणा भएको जानकारी दिँदै ५१ वटै सूचक पुरा गर्न लागि परिरहेको बताउनुभयो । नमोबुद्ध नगरपालिका पनि बालमैत्री नगर घोषणा गर्न अग्रसर भएकोमा शुभकामना दिँदै उहाँले सफलताको कामना समेत गर्नुभयो । नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले बालमैत्री नगर घोषणाको लागि आवस्यक ५१ सूचक पुरा गर्न नमोबुद्ध लागि परेको भन्दै अन्य कार्यक्रम, बजेट, योजना पनि बालमैत्री बनाउन लागेको बताउनुभयो । नमोबुद्ध नगरपालिको महिला, बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जनप्रतिनिधीको अठोट र तदारुकताका कारण नमोबुद्ध बालमैत्री नगर घोषणा उन्मुख भएको बताउनुभयो ।
बालमैत्री नगर घोषणाको अभियानमा जुटेको नमोबुद्ध नगरपालिकाले सम्बन्धित गतिविधीलाई तिव्रता दिएको छ । पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको नगरपालिकामा ११ वटै वडामा बाल क्लव, विद्यालय स्तरमा बालक्लव गठन भइसकेका छन् भने सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएका छन् । नगरपालिकाले नगरस्तरीय बाल क्लव सञ्जाल, सामुदायिक विद्यालयका बालमैत्री शिक्षक, नगरका कर्मचारी, जनप्रतिनिधी र वडा सचिवलाई बालमैत्री अभियान बारेमा अभिमुखिकरण सञ्चालन गरिसकेको छ । बालमैत्री स्थानीय तह घोषणाको लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता, संस्थागत सहभागिता सम्बन्धी ५१ वटा सूचकहरु पुरा गरेको हुनुपर्छ ।

Previous Post

२० औँ राष्ट्रिय धान दिवस २०८० को अवसरमा श्री सातमुल मा. वि परिसरमा वृृक्षरोपण

Next Post

काभ्रेलाई विश्वभर चिनाउने शरदको सपना, यसरी गर्न सकिन्छ उनलाई भोट

RadioRoshi

RadioRoshi

Related Posts

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
Next Post
काभ्रेलाई विश्वभर चिनाउने शरदको सपना, यसरी गर्न सकिन्छ उनलाई भोट

काभ्रेलाई विश्वभर चिनाउने शरदको सपना, यसरी गर्न सकिन्छ उनलाई भोट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रे खानीखोलामा एक सय बढी कुकुरको बन्ध्याकरण

सोमवार, फाल्गुन २९, २०७९
रोशीमा तामाङ जातीले मनाए ल्होछार, मगर जातीले मनाए माघी

रोशीमा तामाङ जातीले मनाए ल्होछार, मगर जातीले मनाए माघी

आइतवार, माघ १, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.