बैशाख १३,
२०७८,काभ्रे/

जिल्ला मालपोत कार्यालयले हप्तामा २ दिनमात्र सेवा दिने भएको छ । मालपोत कार्यालयले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को समन्वयमा यहि बैशाख १५ गतेबाट स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सेवा प्रवाह हुने तालिका सार्वजनिक गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) नेपालमा पनि तिब्र रुपमा फैलिरहेको अवस्थामा भिडभाड हुने सरकारी कार्यालयमा संक्रमणको जोखिम बढी हुने भएकाले जिल्लाका ६ वटा नगरपालिकाका नागरिकलाई हप्तामा २ दिन तालिका बनाएर सेवा प्रवाह गर्ने भएको हो ।

गाउँपालिकाहरुको हकमा भने हरेक दिन सेवा प्रवाह गरिने मालपोत कार्यालयले जानकारी दिएको छ । मालपेत कार्यालयका अधिकृत टंकप्रसाद चौलागाईद्धारा हस्ताक्षरित सूचनामा आईतबार र बुधबार बनेपा र नमोबुद्ध, सोमबार र विहिबार पनौती र मण्डनदेउपुर, मंगलबार र शुक्रबार धुलिखेल र पाँचखाल नगरपालिकाका नागरिकहरुलाई सेवा प्रदान गरिने छ ।

Facebook Comments Box