काभ्रे,
आजदेखि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा तीन÷चार दिनसम्म हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदहरुले बताएका छन् । बंगालको खाडीबाट नेपालतर्फ आएको जलवाष्पयुक्त हावासँगै पश्चिमी वायु तथा स्थानीय वायुको समेत आंशिक प्रभावको कारण मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँहरुमा छिटपुटदेखि हल्का वर्षासँगै हावाहुरी पनि चल्ने सम्भावना देखिएकाले हिजोअस्तिको तुलनामा प्रदूषण कम हुने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । आजपनि काठमाण्डौ विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा छ ।