रोशी सहकर्मी–चैत्र १८,
२०७६,रामेछाप/

रामेछाप जिल्लामा गाडी दुर्घटना हुँदा ३२ जना घाईते भएक छन् । आज बिहान काठमाडौंबाट दोरम्बा जादै गरेको गाडी खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको छ । बा १४ च ९४९८ बलेरो गाडीमा ३३ जना यात्रु रहेका थिए ।
खैरनीघाटबाट राकाथुमतर्फ जाने क्रममा मध्य पहाडीबाट माथि उक्लने क्रममा बलेरो गाडी सडकबाट करिब डेस सय मिटर तल खसेको हो । गाडीमा सवार दोरम्बा गाउँपालिका–३ टोकरपुर लेख खर्कको भएको बताइएको छ । नेपालथोक प्रहरी चौकीका इन्चार्ज रविन्द्र खड्काका अनुसार प्रहरीले चालकलाई लिएर थप अनुसन्धान भइरहेको जनाए । घाइतेको उद्दार गरेर अस्पताल लगिएको छ ।

Facebook Comments Box