यश कुमार परियार–चैत्र १९,
२०७६,काभ्रे/

रोशी गाउँपालिकाले कारोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपाचार कोषमा गाउँपालिकाले रकम जम्मा गरेको छ । गाउँपालिकाको कर्मचारीको तलब कटौती गरि १ लाख ८८ हजार १ सय २० रुपौया कोषमा जम्मा गरिएको प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले जानकारी दिए । उनका अनुसार स्वास्थ्यका कर्मचारी बाहेक अन्य कर्मचारीहरुको ३ र ५ दिनको तलब कटौती गरि कोषमा रकम जम्मा गरिएको हो ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाईरस अर्थात कोभिड १९ बाट नेपालमा पनि ५ जना संक्रमित भईसकेका छन् भने एक जना उपचार पछि घर फर्किसकेका छन् । सरकारले कोष निर्माण गरेर यस भाईरस रोकथाममा लागि परेको छ ।

एम्बुलेन्सलाई हाई अलर्टमा बस्न अध्यक्षको निर्देशनः

त्यस्तै रोशी गाउँपालिकाले पनि आफ्ना नागरिकलाई भाईरसको जोखिमबाट बचाउन मास्क, सेनिटाईजर, साबुनको वितरण, बिभिन्न जनचेतना मुलक कार्यहरु गर्दै आएको गाउँपालिका अध्यक्ष डि.बि. लामाले बताए ।

कोरोना भाईरस संक्रमित व्यक्ति जुनसुकै समयमा पनि सम्पर्कमा आउन सक्ने भन्दै गाउँपालिकामा भएका ३ वटै एम्बुलेन्सहरु हाईअलर्टमा राखिएको उनले बताए । अध्यक्ष लामाका अनुसार गाउँपालिकाले बिदेशबाट आएका मानिसहरुलाई सेल्फ क्वारेन्टाईनमा राखिएको बताए ।

साथै कोहि कसैमा भाईरसको संभावित लक्षण देखा परेमा तुरुन्त वडा कार्यलय, नजिकैको स्वास्थ्य संस्था, गाउँपालिकामा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।

Facebook Comments