रोशी सहकर्मी–चैत्र १९,
२०७६,काभ्रे/

जिल्लको बनेपा नगरपालिकामा पनि डिस्ईफेक्सन स्प्रे छरीएको छ । नगरभित्र रहेको प्रत्येक वडाको मानिसहरु जमघट हुने बजार एरिया साथै विभिन्न स्थानहरुमा स्प्रे छर्किएको नगर प्रमुख लक्ष्मी नरसिंह बादेले जानकारी दिनुभयो ।

१४ वडा रहेको नगरपालिकामा आजबाट मुख्य स्थानहरुमा स्प्रे छर्न सुरु गरिएको छ । आवश्यक्ता अनुसार अरु स्थानमा पनि औषधि छर्ने नगर प्रमुख बादेले जानकारी दिए ।

काभ्रेका हरेक पलिकाले कोरोनाको संक्रमण फैलन सक्ने भन्दै आफ्नो पालिकामा डिस्ईन्फेक्सन स्प्रे छर्न सुरु गरेका छन् ।

Facebook Comments