रोशी सहकर्मी–चैत्र १९,
२०७६,मण्डनदेउपुर/

जिल्लाको मण्डनदेउपुर नगरपालिकाले संक्रमण नियन्त्रक औषधि छर्किन सुरु गरेको छ । पालिकाले कुन्ताबेशी चोकबाट संक्रमण नियन्त्रक औषधि छर्किन सुरु गरेको नगरप्रमुक टोक बहादुर वाइबाले जानकारी दिए ।

मानिसको भिडभाड हुने नगरपालिकाभित्रको विभिन्न ठाउँमा ‘डिसइन्फेक्टेन्ट(स्प्रे’ छर्कने नगरप्रमुख वाइबाले बताए । यसैबीच आजै प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको टोलीले मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ६ को महादेव प्राथमिक विद्यालयमा निर्माणका गरिएको क्वारेन्टाइन अनुगमन गरेको छ ।

महादेव प्राथमिक विद्यालयको क्वारेन्टाइनमा विदेशबाट फर्किएका ७ जना ब्यक्तिलाई राखिएको छ । उनीहरुको स्वास्थ्थ स्थिति हालसम्म राम्रो रहेको पाइएको छ ।

Facebook Comments