रोशी सहकर्मी–चैत्र २१,
२०७६,काभ्रे/

जिल्लाको पनौती नगरपालिकाका इन्द्रेश्वर प्राविमा स्थापना गरेको राहत सहयोग संकलन केन्द्र ९फुड बैंक०मा बागमती ट्रिपर व्यवसायी संघ ले ३४ बोरा चामल सहयोग गरेको छ । पनौती नगरपालिकाले नगरपालिकाभित्र आफूखुसि चन्दा वितरणलाई रोकी राहत प्याकेजमार्फत ९पूर्ण प्याकेज वा आइटम० लाई सहयतादाताबाट स्वीकार्ने चैत्र १९ गते निर्णय गरेको थियो ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणबा लागि सरकारले लकडाउनको लागू गरेसंगै दैनिक ज्यालादारी गरि खाने परिवारलाई खाद्यन्नको अभाव भएपछि फूड बैंक संचालन गर्ने निर्णय भएको थियो ।अहिले नगरपालिकाको फूड बैंकमा सहयोगहरु आइरहेको नगरपालिकाका नगरप्रमुख भिम न्यौपाने जानकारी दिए ।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा नगरको वडा ७ स्थित इन्द्रेश्वर प्रा।वि रहेको फूड बैंकमा हिजो (बिहिबार) पनि अनेरास्ववियूले नगरको वडा नं।१ का अति विपन्न १० परिवारका लागि नगरपालिकाले तोकिएको राहत सूचि अनुरुप हस्तान्तरण गरेका थियो । बाँकी वडा नं २ देखि १२ मा भोलि २२ गते वडा मार्फत सिफारिस भयका अति विपन्न ज्ञद्दण् परिवारलाई सम्वन्धित वडा वाटै वितरण गर्ने तयारी रहेको नगरप्रमुख न्यौपानेले जानकारी दिए ।

Facebook Comments