रोशी सहकर्मी–चैत्र २५,
२०७६,काभ्रे/

धलिखेल अस्पतालमा गत चैत्र २२ गते मृत्यु भएकी पनौती नगरपालिका वडा नं १२ बस्ने ५० वर्षिय मधु तामाङको शव परिवारले बुझेका छन् ।
कोरोना आशंकामा भर्ना भएकी तामाङको अस्पतालमा मृत्यु भएपछि स्वाव परिक्षण गरिएकोमा उनको रिपोर्ट नेगेटिभ आएपछि शव परिवारलाई जिम्मा लगाईएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए ।

मृतक तामाङकी छोरी सुकुमाया तामाङ गत चैत्र ६ गते बहराईनबाट नेपाल आएकी थिईन् । अन्य आफन्त र मृतककी छोरी लगाएत १० जनालाई धुलिखेल नगरपालिका वडा नं ७ स्थित सञ्जिवनी स्कुलको क्वारेन्टाईनमा राखिएकोमा सबैको रिपोर्ट नेगेटिभ आए पश्चात सबै (१० जना) लाई क्वारेन्टाईनबाट डिस्चार्ज गरिएको प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले जानकारी दिए ।

यसैबिच, सिन्धुलि जिल्ला सुनकोशी गाउँपालिका वडा नं ६ बस्ने २२ वर्षका श्रीकृष्ण थापालाई कोरोना आशंकामा आईतबार धुलिखेल अस्पतालको आईसोलेसनमा राखिएको उनले जानकारी दिए । सिन्धुलिका थापा यहि चैत्र ८ गते छिमेकि मुलुक भारतबाट नेपाल आएको बुझिएको छ ।

Facebook Comments