रोशी सहकर्मी–चैत्र २६,
२०७६,धुलिखेल/

जिल्ला प्रशासन कार्यालय काभ्रेले तीन दिन जिल्लाका सबै वित्तिय संस्था खोलेर उपभोक्तालाई सेवा दिन आग्रह गरेको छ । आज प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षमा उद्योग बाणिज्य संघका पदाधिकारी तथा बैङकका प्रतिनिधि बीच भएको बैठकले काभ्रेपलाञ्चोक जिल्लाभित्र सञ्चालित बैङक तथा वित्तिय संस्थालाई चैत २७, २८ र ३० गते सम्म खोल्ने निर्णय गरिएको छ । बिहान ११ बजे देखी दिउँसो १ बजेसम्म सबै बैङ्क तथा वित्तिय संस्था खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिनुभयो ।

लकडाउनका कारण बैङकहरुले आलोपालो कार्यालय खोल्दै आएका छन तर खाद्य सामग्रीको ढुवानी र आयातमा बैङ्क नखुलेका कारण समस्या आएको उद्योगी व्यवसायीको गुनासो आएपछि सरोकार निकायसँग छलफल गरी निर्णयमा पुगेका हौँ, तिमिल्सिनाले भन्नुभयो ।

बैशाख १ गते पछि भने बैङ्कहरुको आपसी सहमतीमा शाखा खोल्न सकिने निर्णय भएको छ ।
बैठकले आपूर्ती तथा अतिआवश्यक सेवा प्रवाहमा सहजीकरणका लागि सिन्धुपलाञ्चोक र दोलखा जिल्लामा रहेका बैङ्क तथा वित्तिय संस्था सञ्चालनका लागि जिल्ला प्रशासन मार्फत समन्वय गर्ने समेत निर्णय गरेको छ ।

Facebook Comments Box