रोशी सहकर्मी–चैत्र २७,
२०७६,धुलिखेल/

कोरोना आंशकामा परीक्षण गर्न आएका आठ र धुलिखेल अस्पताल आइसोलेसन वाडमा भर्ना भएका नौ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बुधबार अस्पतालमा गरिएको परीक्षणमा नौ जना कै रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

अस्पतालले हप्ताको प्रत्येक आइतबार र बुधबार कोरोना परीक्षण गर्दै आएको छ । सिन्धुली जिल्लाका एक युवामा उच्च ज्वरो आएपछि धुलिखेल अस्पतालको आसोलेसन वाडमा चैत २३ गते भर्ना भएका थिए । उनी चैत ८ गते भारतबाट फर्किएका थिए । उनको पनि रिपोर्ट नेगेटिभ आएको छ । गत आइतबार १७ जनामा गरिएको कोरोना परीक्षणमा पनि सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

Facebook Comments