रोशी सहकर्मी–असोज ०४,
जिल्लाको रोशी गाउँपालिका–१ फलामेसाँघुमा १५ शैयाको अस्पताल बन्ने भएको छ । हिजो बसेको रोशी गाउँकार्यपालिकाको ३८औँ बैठकले संविधानले व्यवस्था गरेअनुसारको गाउँपालिकाभित्र १५ शैयाको अस्पताल निर्माण गर्न पाउने कुरालाई कार्यान्वयन गर्दै नागरिकलाई नजिकबाट सेवा प्रदान गर्न पाउने गरी सो निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष दलबहादुर लामाले “गाउँपालिकाको दुर्गम र विकट क्षेत्रका जनतालाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ गाउँकार्यपालिकाको बैठकबाट गाउँपालिकाको वडा नं १ खहरेपाँगुको फलामेसाँघुमा १५ श्ययाको अस्पताल निर्माण गर्ने निर्णय गरेको बताएका छन् । निर्णयसँगै अब अस्पताल निर्माणको लागि आर्थिक प्रक्रियाको बाटोसमेत खुलेको अध्यक्ष लामाले बताए । त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा निर्माणकार्य अगाडि बढाउने विषयमा सम्बन्धित निकायसँग छिट्टै छलफल थाल्ने उनको भनाइ छ ।

Facebook Comments Box