सांकेतिक तस्विर

भकुण्डे–कार्तिक ०५
जिल्लाको नमोबुद्ध नगरपालिका स्थित भकुण्डेबेशीमा बजर अनुगमन गरिएको छ । नेपाल सरकार वाणिज्य आपुर्ति तथा उपभोक्त संरक्षण विभाग बबरमहलका शाखा अधिकृत रमेश काजी श्रेष्ठ सहित ७ जनाको टोलीले भकुण्डेबेशी चोकबाट सोमबार २ बजेदेखि ३ः४५ सम्म अनुगमन गरेका हुन् । नमोबुद्ध उद्योग बाणिज्य संघका अध्यक्ष बसु नारायण श्रेष्ठ, भकुण्डे प्रहरी चौकीका प्रहरीहरु लगायतको टोली सहभागी उक्त अनुगमनमा नमोबुद्ध नगरपालीका वडा नं ७ भकुण्डे बजारमा सञ्चालीत ४ वटा खाद्य सामग्री पसल र १ वटा रङ्ग पसल गरी जम्मा ५ वटा पसल अनुगमन गरिएको भकुण्डे प्रहरी चौकीले जानकारी दिएको छ । अनुगमनको क्रममा मापदण्ड बिपरित र विल विजक तथा मुल्य सुचि नराखेको कारण आर.आर. किराण पसललाई १० हजार र सुदिप किराणा स्टोरलाई ५ हजार जरिवाना गरीएको प्रहरीले जनाएको छ ।
रेडियो रोशी सँग बोल्दै संघका निरीक्षक अधिकृत राम कृष्ण श्रेष्ठका अनुसार हिजो (सोमबार) काभ्रे जिल्लाको विभिन्न स्थानमा अनुगमन गरिएको र आज सिन्धुलीको खुर्कोटमा अनुगमन जारी रहेको जानकारी दिएका छन् । अनुगमनको क्रममा त्यहाँ सञ्चालीत पसलहरुमा मापदण्ड बिपरित नभेटिएको र सन्तोषजनक रहेको उनले बताए ।

Facebook Comments