रोशी सहकर्मी–चैत्र ३०,
२०७६,काभ्रे/

पनौती नगरपापिलकाले विदेशबाट आएर घर मै एकान्तबास बसिरहेकाको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) सुरु गरेको छ ।
पनौती नगरपालिकाका नगर प्रमुख भिम न्योपानेले वडा नं १२ बाट आरडिटी परीक्षण सुरु गरेको जानकारी दिए ।

पनौतीमा विभिन्न देशबाट आएका १११ जना आएका मध्ये चैतको मध्यसम्ममा आएका ६२ जनाको मात्र परीक्षण गर्न लागेको न्यौपानेले जानकारी दिए । आज भने ५ जनाको परिक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख पुरुषोतम तिमल्सिनाले जानकारी दिए ।

जिल्लाका १३ वटै स्थानीय तहका स्वास्थ्यकर्मी मार्फत विदेशबाट आएकाहरुको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) सुरु गरिएको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. नरेन्द्रकुमार झाले आरडिटी टेष्टका लागि पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, रोसी, महाभारत र बेथानचोक गाउँपालिकाले किट लगेको जानकारी दिनुभयो । त्यस्तै धुलिखेल, बनेपा, पाँचखाल, मण्डनदेउपुर नगरपालिका र तेमाल, चौँरीदेउराली र भुम्लु गाउँपालिका पनि सुरु गरिने जानकारी दिए ।

फागुन ३० गतेदेखी हालसम्म २५१ जना विदेशबाट काभ्रेमा आएको तथ्याङ्क स्थानीय तहले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएका छन । जिल्लामा ३०० आरडिटी किट उपलब्ध भएको झाले जानकारी दिए ।

Facebook Comments