रोशी सहकर्मी–बैशाख १,
२०७७,काभ्रे/

काभ्रेका स्थानिय तहहरुले विदेशबाट आएर घर मै एकान्तबास बसिरहेकाको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) सुरु गरे सँगै विभिन्न पालिकाले नतिजा सार्वजनिक गरेका छन् । पाँचखाल नगरपालिकाले पनि बिभिन्न मुलकबाट फर्किएका र सेल्फ क्वारेन्टाइनमा बसेकाहरुको नतिजा निकालेको छ ।
नगरपालिकामा २५ जनाको कोरोना भाइरसको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा सबैको रिजल्ट “नेगेटिभ” आएको नगरप्रमुख महेश खरेलले जानकारी दिए ।

जिल्लाका १३ वटै स्थानीय तहका स्वास्थ्यकर्मी मार्फत विदेशबाट आएकाहरुको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) सुरु गरिएको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । झाले केही दिनभित्र मै १३ वटै स्थानीय तहमा विदेशबाट आएको परीक्षण सक्ने बताए । फागुन ३० गतेदेखी हालसम्म २५१ जना विदेशबाट काभ्रेमा आएको तथ्याङ्क स्थानीय तहले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएका छन् । जिल्लामा ३०० आरडिटी किट उपलब्ध भएको झाले जानकारी दिए ।

Facebook Comments