यश कुमार परियार–बैशाख २,
२०७६,काभ्रे/

जिल्ला प्रशासन कार्यलय काभ्रेले अनावश्यक रुपमा हिँडडुल गर्नेलाई नियन्त्रणमा लिने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले आज एक सुचना जारी गर्दै अनावश्यक रुपमा बाहेक घर बाहिर निस्कनेलाई सोहि स्थानबाट नियन्त्रणमा लिईने बताईएको छ ।
आज बसेको मन्त्रीपरिषद बैठकले बैशाख १५ सम्म लकडाउन लम्ब्याने निर्णय गरेसँगै प्रशासनको यस्तो निर्णय बाहिर आएको हो ।

साथै प्रशासनले छिमेकि जिल्लाबाट पैदल हिंडी काभ्रे जिल्लामा प्रवेश गर्नेलाई पुर्ण रुपमा रोक लगाउने जनाएको छ । र अत्यावश्यक बाहेकका सवारी पास नभएका सवारी साधनहरुलाई पनि संचालनमा रोक लगाईने जनाएको छ ।

कोरोना भाईरस अर्थात कोभिड १९ का कारण आज एकै परिवारका २ जना नयाँ संक्रमित भेटिएका छन् भने अर्का एक परिवार सदस्यको रिपोर्ट आउन बाँकि छ । नेपालमा आज सम्म १६ जना कोरोना संक्रमित भईसकेका छन् ।

Facebook Comments