रोशी सहकर्मी–बैशाख २,
२०७७,काभ्रे/

जिल्लाको पनौती नगरपालिका तेस्रो चरणको राहत वितरण सम्पन्न गरेको छ ।

नयाँ बर्षको पहिलो दिन नै नगरपालिकाले सबै वडामा तेस्रो चरणको राहत पनौती नगरपालिकाले स्थापना गरेको फुड बैंक बाट पठाइएको फुड बैंकका संयोजक तथा नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीले बताए ।

यसअघि पहिलो र दोस्रो चरणको राहत वडावडा बाट वितरण भइसकेको छ । पनौति नगरपालिकाका नगरप्रमुख भिम न्यौपानेका अनुसार आफुले आफ्नो नगरपालिकाबाट पनि केहि सहयोग गरेको र नगरपालिकाको सहयोगमा मात्रै केन्द्रित हुदा भोलिका दिनमा विकासका लागि छुट्याइएको बजेटमा समस्या उत्पन्न हुने हुदा यसलाई घटाउन दाताहरु बाट सहयोग मागिएको बताए ।

दैनिक ज्यालामजदुरी गरेर आफ्नो गुजारा चलाइरहेका अति विपन्न परिवारको छनोट गरि भोकभोकै बस्न नपरोस भनेर राहत वितरणमा निरन्तर लागिरहेको नगरपालिकाको उपप्रमुख गिता बञ्जाराले बताइन ।

वरिष्ठ प्रशासकिय अधिकृत ईन्द्रप्रसाद अधिकारीले भने दाताहरुको सहयोगलाई विभिन्न भागमा विभाजन गरिएको र आफुले सक्ने नगद, माक्स, पिपिई, चाउचाउ, चामल, दाल, नुन, तेल जस्ता विभिन्न कुराहरु आफुले सक्ने ठाउबाट दिन आग्रह गर्दै यस कार्यलाई निरन्तरता दिईनै रहने र आर्थिक अवस्था कमजोर भएकाका लागि सधै नगरपालिका भएको महसुस गराउने बताए ।

पनौती नगरपालिकाको कर्मचारी भिमसेन आचार्य का अनुसार विपद्को समयमा अति विपन्न परिवारको छनोट गरि एकद्वार प्रणाली बाट राहत वितरण भइरहेको बताएका छन ।

Facebook Comments