काभ्रे,
काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा आमा र नवजात शिशुको मृत्यु भएको छ । अप्रेशन गरि सुत्केरी भएकी नमोबुद्ध नगरपालिका ९ की ३० वर्षीय माईली माया तामाङ र उनको शिशुको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । तामाङलाई यही ७ गते भकुण्डेमा रहेको मेथिनकोट अस्पतालले धुलिखेल अस्पताल रिफर गरेको थियो ।.तामाङको अवस्था बिग्रदै गएपछि आज अप्रेशन गरेरे शिशु निकालिएको थियो । अवस्था गम्भिर रहेका नवजात शिशुको दिउँसो १ः२० बजे मृत्यु भएको बताइएको छ ।
आमाको समेत अवस्था गम्भिर भएपछि आईसियुमा राखेर उपचार गरीएकोमा दिउँसो ३ः१५ बजे आमाको पनि मृत्यु भएको थियो । आमा र शिशुको मृत्यु भएपछि आफन्तहरुले उपचारमा लापर्बाही भएको भन्दै विरोध गरेका छन् । अस्पताल परिसर अहिले तनावग्रस्त छ ।