काभ्रे,
स्वास्थ्य मन्त्रालयले डेंगु रोगको प्रकोप बढेसँगै यसबाट बच्न सावधानी अपनाउन सम्पूणमा आग्रह गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै डेंगुबाट बच्न पूरा बाहुला भएको कपडा लगाउन अनुरोध गरेको छ । प्रायः दिनको समय, विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउन मन्त्रालयले आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने बताउनुभएको छ ।