यश कुमार परियार–बैशाख ७,
२०७७,काभ्रे/

जिल्लाको नमोबुद्ध नगरपालिकामा विभिन्न मुलुकबाट आएका ३१ जनाकै आर.डि.टि. परिक्षण गरिएको छ । जसमा सबैको रिपोर्ट नेगेटिभ अर्थात कसैमा कोरोना देखिएको छैन ।

यस अघि १९ जनाको आर.डि.टि विधिबाट कोरोना परिक्षण गरिएको थियो भने आज थप १२ जनाको परिक्षण गरिएको हो । परिक्षण गरिएकाहरुमा वडा नं १ का २ जना, वडा नं ३ का ७ जना, वडा नं ५ का २ जना, वडा नं ९ का १ जनाको परिक्षण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक राजु वोगटिले जानकारी दिए ।

नगरपालिकामा विभिन्न मुलुकबाट आएका २५ जना सम्पर्कमा आएका थिए । चैत्र महिना भित्र आएका १३ जनाको परिक्षणका निमित्त स्वास्थ्य कार्यलय काभ्रेले २० वटा किट उपलब्ध गराएको थियो । तर पछि नगरपालिकाले सबैको परिक्षण गर्ने भएपछि थप २० वटा आर.डि.टि किट ल्याएको थियो र विभिन्न मुलुकबाट आएका थप ६ जना सम्पर्कमा आएका थिए ।

नगरपालिकामा विभिन्न मुलुकबाट आएका व्यक्तिहरुको कोरोना परिक्षण गराएर नगरवासीहरुलाई त्रास मुक्त बनाउन निमित्त सबैलाई खोजी खोजी कोरोना परिक्षण गरिएको स्वास्थ्य शाखा संयोजक राजु बोगटीले बताए ।

अब नगरपालिकामा ९ वटा किट बाँकि रहेको र पछि कोरोना भाईरसले महामारीको रुप लिएको खण्डमा तत्काल प्रगोग गर्नका निमित्त सुरक्षीतका साथ राखिएको उनले बताए ।

Facebook Comments