रोशी सहकर्मी–बैशाख ७,
२०७७,मण्डनदेउपुर/

काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ३ का स्थानीय जुठेसिं तामाङको घरमा आगलागी भएपछि लत्ताकपडा खाद्यान्न जलेर नष्ट भएको थियो ।

आगलागीमा परेर सामाग्री नष्ट भएपछि नगरले तत्कालै राहत दिएको थियो भने शनिबार राहतको थप प्याकेज बोकेर नगर प्रमुख टोकबहादुर वाइवा, उपप्रमुख निर्मला शाही, वडाअध्यक्षहरु भुवन बजगाई र दिलबहादुर तामाङ अगलागीबाट पिडितको घरमा पुगेर राहत सामाग्री हस्तान्तरण गर्नुभएको छ ।

दैनिक आवश्यक पर्ने सामाग्री सहित नगरप्रमुख वाइवा र उपप्रमुख शाहीले ८५ हजार नगद तीन बोरा चामल खाद्यान्न र लत्ता कपडा सहयोग गर्नुभएको हो ।

Facebook Comments