रोशी सहकर्मी– कार्तिक ०५
तेमाल गाँउपालीकामा अपाङ्गता परिचय पत्र वितरण कार्यक्रम सुरु गरेको छ । तेमाल गाउपालिकाको वडा नम्बर १ र २ मा आज (मंगलबार) वडा कार्यलयहरुबाट क्रमशः १० देखि २ बजेसम्म र २ देखि ५ बजे सम्मा वितरण गरिएको गाँउपालिका उपाध्यक्ष दुर्गा माया तामाङले जानकारी दिईन् ।
वडा नम्बर १ मा “ख” वर्गका २ जना, “ग” वर्गका १२ जना र “घ” वर्गका ५ जना रहेका छन् । त्यस्तै वडा नम्बर २ मा “क” वर्गका १ जना, “ख” वर्गका ९ जना, “ग” वर्गका १० जना र “घ” वर्ग ४ जना गरी जम्मा ४६ जनालाई कार्ड वितरण गरिएको तामाङले जानकारी दिईन् ।

तेमाल गाउपालिका भित्र अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण कार्यक्रम, कार्यविधी २०७६ अनुसार गाउपालिका अध्यक्ष सलाम सिं लामा, उपाध्यक्ष दुर्गा माया तामाङ, प्रमुख प्रशासकिया अधिकृत लक्ष्मण कुँइकेल, स्वास्थ शाखा संयोजक शिवहरी पाठक, सम्बन्धित वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु, अस्पतालका चिकित्सकहरु, स्थानीय प्रहरी लगायतको टोलीले वितरण गरेको हो ।

गाँउपालीका उपाध्यक्ष दुर्गा माया तामाङले उक्त कार्यमा सहभागीहुने सम्पुर्णमा साथ र सहयोगको लागी धन्यवाद दिएकी छिन् । साथै कार्ड प्राप्त गर्ने सम्पुर्ण लाई बधाई तथा स्वास्थ्य लाभको कामना गरेकी छन् ।

Facebook Comments