रोशी सहकर्मी–भदौ ८,
२०७७,सिन्धुपाल्चोक/

सिन्धुपाल्चोकको जुगल गाँउपालिका–२, लिदीका पहिरो पीडितहरुले सरकारसँग जिविकोपार्जन सहितको स्थानान्तरण माग गरेका छन् । स्थानीय सरकारले उनीहरुलाई अस्थायी आवासको लागि जुगल–१ कै बाँसखर्कमा सार्ने निर्णय भएपछि स्थानीयले सो माग राखेका हुन् । पहिरोमा परेकामध्ये २९ परिवारको लागि अहिले सेलाङको बाँसखर्कमा अस्थायी बासको लागि टहराहरु निर्माण भइरहेको छ ।

पहिरोले बस्ती नै जोखीम भएपछि उनीहरु सुरक्षीत स्थानमा बास खोजीरहेका छन् । एक सय ७२ परिवार रहेको लिदिका स्थानीयहरुले आफुहरुलाई खेतीयोग्य जग्गा सहित स्थानान्तरण गरिनुपर्ने माग राखेका छन् । आफ्नो नाममा लिदीमा रहेको सबै जग्गा सरकारलाई दिन आफुहरु तयार रहेको र आफुहरुलाई सोही बराबर जमीन दिन सरकारलाई माग गरेका छन् ।

Facebook Comments