रोशी सहकर्मी–बैशाख ९,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको बनेपामा सिन्धुली लगायत विभिन्न ठाउँमा जान लागेका करीब ९ सय जना भन्दा बढि मानिस रोकिएका छन् ।

लकडाउनका कारण राजधानी काठमाडौ, बनेपा, भक्तपुरमा अलपत्र परेका सिन्धुलीका नागरिकलाइ सुनकोसी गाउँपालिकाकी अध्यक्ष दीपा बोहरा सहित स्थानीय जनप्रतिनिधि र सिन्धुली सम्पर्क मञ्चले उनिहरुलाई घर फर्काउन पहल गरेका होे ।

उनिहरु एउटै गाडिमा धेरै जना आएको र दिउँसोको समयमा जान नमिल्ने भन्दै बनेपामा रोकिएको हो ।

रोकिनेहरुमा सिन्धुलीका २ वटा नगरपालिका र ७ वटा गाउँपालिकाका करिब ९ सय भन्दा बढि छन् । उनीहरुलाई अहिले बनेपाको उग्रचण्डी पार्टी प्यालेसमा राखिएको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले उनीहरुलाई व्यवस्थापन गर्ने काम भईरहेको बताए । दिउँसोभन्दा रातिको समयमा सहज हुन्छ भनेर रोकेको तर धेरै मानिस व्यवस्थापन गर्न कठिन हुने भएपछि सिन्धुलीतर्फ जानेहरूलाई पठाएको बताए ।

Facebook Comments