रोशी सहकर्मी–बैशाख १३,
२०७,बनेपा/

जिल्लाको बनेपामा हरेक वर्षको बैशाख पुर्णिमाका दिन हुने चण्डेश्वरी जात्रा यसपाली भने नहुने भएको छ ।

बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनर सिंह बादेका अनुसार विश्व महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाईरसको संक्रमण फैलनबाट रोक्नका निमित्त गरिएको लकडाउनका काराण यस जात्रा स्थगित गरिएको हो । जात्रामा धेरै मानिसको जमघट हुने भएका कारण संक्रमण फैलन सक्ने भन्दै जात्रा स्थगित गर्नुपरेको उनको भनाई छ ।

बैशाख पुर्णिमाका दिन मन्दिरका पुजारीद्धारा चण्डेश्वरीमा क्षमा पुजा गरेर नियमित पुजा अर्चना गरिने छ र जात्रा स्थगित गरीनेछ । चण्डेश्वरीको जात्रा १७ औँ शताब्दी देखि मनाउन सुरु गरिएको किम्बदन्ती छ ।

बैशाख पुर्णिमाका दिन हुने यस जात्रा स्थगीत भएको यो पहिलो पटक हो । यो जात्रा बैशाख २५ र २६ गते दुई दिन आयोजना हुदै थियो ।

Facebook Comments Box