यश कुमार परियार–बैशाख १५,
२०७७,काभ्रे/

नमोबुद्ध नगरपालिका भित्रका वडामा उत्पादित घरेलु मदिरा भकुण्डे प्रहरी र जनप्रतिनिधिहरुले नष्ट गरेका छन् । लकडाउनको समयमा जाँड रक्सी खाने, होहल्ला गर्ने, झगडा गरेको भन्ने गुनासो स्थानियबाट आएपछि प्रहरीले घरेलु मदिरा खोज तलास गर्न सुरु गरेको थियो ।

लकडाउनलाई कडाईका साथ पालना गराउन र समाजमा आपराधिक क्रियाकलाप हुन नदिनका निमित्त उक्त अभियान चलाईएको भकुण्डे प्रहरी चौकीका ईन्चार्ज सई अशोक महत्तोले बताए । नमोबुद्ध नगरपालिका वडा नम्बर ६, २ र ३ मा पर्ने चरुवा, भेडाबारी, चरंगेफेदी, दल्क्षींगे, ओझाटोलबाट गरी ५ सय लिटरको हाराहरीमा उक्त मदिरा जफद गरिएको उनले जानाकारी दिए ।

आज नमोबुद्ध नगरपालिका प्रमुख टि.पि.शर्मा तिमल्सिना, प्रमुख प्रशासकिय अधिकृत भोला प्रासद चापागाँई, नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष सञ्जीव ढकाल, वडा नं ७ का अध्यक्ष धर्म लामा, वडा नं ४ का अध्यक्ष उद्धव प्रसाद काफ्ले, नगरपालिकाका कर्मचारी, स्थानियबासीले प्रहरीको रोहबारमा उक्त मदिरा खाल्डो खनेर पुरेका हुन् ।

Facebook Comments Box