रोशी सहकर्मी–बैशाख १५,
२०७७,धुलिखेल/

जिल्ला विपद् व्यवस्थापन समितिले १३ वटै स्थानीय तहलाई कोरोना संक्रमित बिरामी बोक्न एम्बुलेन्स स्ट्याण्डबाई राख्न निर्देशन दिएको छ । कोरोना आंशाका लागेका बिरामी समेत बोक्न एम्बुलेन्सले आनाकानी गरेको जनगुनासो बढेपछि जिल्ला विपद् व्यवस्थापन समितिले एक पालिका एक एम्बुलेन्स स्ट्याण्डबाई राख्न निर्देशन दिइएको हो ।

अधिकांश स्थानीय तहले एम्बुलेन्स स्टयाण्ड बाई राखेका भएपनि कोरोना भाइरस फ्रेण्डली नबनाएको बन्दै तत्काल बनाउन अनुरोध गरिएको छ । जिल्लामा ३३ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन ।

Facebook Comments