यश कुमार परियार–जेठ २१,
२०७७,काभ्रे/

पछिल्लो समय मकैबालीमा अमेरिकन फौजी कीराको प्रकोप बढ्दै गएको छ । यस किराको प्रकोपबाट सम्पुर्ण किसानहरु चिन्तामा छँदै छन्, झनै मकैबालीमा मात्रै निर्भर किसानहरुलाई के खाने भन्ने पिरलोले सताएको छ । विभिन्न स्थानिय निकायले कृषकहरुलाई अमेरीकन फौजी कीराको प्रकोप न्युनिकरणका निमित्त विषदी वितरणलाई तिव्रता दिएका छन् ।

यसैबिच नमोबुद्ध नगरपालिकाले पनि यस किराको प्रकोप न्युनिकरणमा चासो देखाएको छ । मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप बढेसँगै यसको नियन्त्रण र रोकथामका लागि नगरपालिकाको आजबाट ५० प्रतिशत अनुदानमा विषादी वितरण गरेको छ । प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाँईका अनुसार फोजी किराबाट अत्यन्तै प्रभावित क्षेत्रहरुमा पहिला बाँड्न सुरु गरिएको हो । धेरै प्रकोप हुनेमा वडा नम्बर ३, ४, ५ र ६ रहेको छ र क्रमसः अरु वडामा वितरण गरिने उनले जानकारी दिए ।

२०६८ को जनगणना अनुसार ३० हजार र पालिकाले गरेको जनगणना अनुसार ३६ हजार जनसंख्या रहेको नगरपालिकामा ११ वटा वडाका १ हजार ९३२ कृषकहरुको करीब ६ हजार रोपनी जमिनका लागि विषादी वितरण गर्न लागिएको हो । प्रमुख प्रशासकिय अधिकृत चापागाँईका अनुसार अत्यन्तै प्रभावित स्थानलाई हाल प्राथमिकता दिईएको र बीस्तारै सकेसम्म सबैलाई दिने लक्ष्य रहेको छ । बजारमा किटनाषक औषधीको अभाव भएका कारण पनि वितणमा ढिलाई भएको उनको भनाई छ ।

यस्तै नगरकृषि शाखा प्रमुख रेशम दाहालका अनुसार आज वडा नम्बर १, ५, ६, ८, ९, १०, ११ को वडा कार्यलयमा विषादी पुर्याईको र अरु वडामा पनि भोली वितरण गरीसक्ने उनले बताए । एक वडाको लागि १ सय ७५ कृषकले आवश्यकताको आधारमा पाउने विषादी वडा कार्यलयमा सम्पर्क गरी ५० प्रतिशत अनुदानमा खरीद गर्न सकिने प्रमुख दाहालले बताए ।

मेयरद्धारा क्वारेन्टाईनमा बेड सहयोगः

यसैबिच नगरप्रमुख टि.पि.शर्मा तिमल्सिनाले क्वारेन्टाईनको निमित्त २ वटा बेड सेट सहयोग गरेका छन् । नगरप्रमुख शर्माले जनक माविमा स्थापना गरिएको क्वारेन्टाईनको अबलोकन गर्दै क्वारेन्टाईनमा बस्नेहरुलाई फलफुल समेत वितरण गरेका थिए । हाल जनक माविको क्वारेन्टाईनमा २३ जना रहेका छन् ।

Facebook Comments Box