रोशी सहकर्मी–बैशाख १५,
२०७७,काभ्रे/

सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले यस प्रदेशमा कार्यरत पत्रकारलाई स्वास्थ्य सुरक्षासँग सम्बन्धित सामग्री नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिलाई हस्तान्तरण गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले सोमबार हेटौडामा नेपाल पत्रकार महासंघ प्रदेश समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र सञ्चार रजिष्टार रेवति सापकोटाको पनि उपस्थिति रहेको थियो ।

महासंघले सोमबारै मकवानपुरको लागि शाखा अध्यक्ष हरि हुमागाईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोकका पनि उक्त सामग्री पु¥याइनेछ ।

पत्रकारहरुको स्वास्थ्य सम्वेदनशिलतालाई ध्यान राख्दै स्वास्थ्य सामग्री उपलब्ध गराइदिएकोमा प्रदेश सरकार,आन्तरिक मामिला तथा कानून मन्त्रालय र सञ्चार रजिष्ट्रारको कार्यालयप्रति हुमागाईले आभार व्यक्त गरेका छन् ।

Facebook Comments