रोशी सहकर्मी–बैशाख १६,
२०७७,धुलिखेल/

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पास बिनाका कुनै पनि सवारी साधन चल्न नदिने आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्धारा हस्ताक्षरित आदेशमा कुनै पनि सवारी साधन र मानिस आवत जावतमा समेत रोक लगाइएकाले जनाएको छ ।

आदेशमा भनिएको छ, बैशाख २५ गते राती १२ बजेसम्मका लागि एम्बुलेन्स र पास लिएका बाहेकका अन्य सम्पूर्ण सवारी साधन (मोटरसाइकल समेत) को आवागमन नगर्न र अनावश्यक रुपमा जिल्लाभित्र हिडडुल समेत नगर्नु होला । काभ्रेपलाञ्चोक जिल्लाभर मालवाहक सवारी साधन खाद्यन्न, तरकारी तथा फलफूल, दूध, खानेपानी, इन्धन, औषधी, सञ्चार, बैंक, पशु आहार बोक्नेलाई भने रोक लगाइएको छैनन ।

औषधी उपचार, खाद्य वस्तु खरिद जस्ता अतिआवश्यक काम बाहेक घरबाट ननिस्कन भनेको छ । प्रशासनले अतिआवश्यक दैनिक उपभोग्य बस्तुहरु स्वास्थ्य संस्था, औषधी पसल, अस्पताल सेवा, पेट्रोल पम्प, ग्याँस, खानेपानी, दाल, चामल, नुन, दूध डेरी, तरकारी तथा पसलहरु बाहेकका अन्य पसलहरु पूर्ण रुपमा बन्द गर्न निर्देशन दिइएको छ । प्रशासनले भनेको सर्त पूरा नगरी अटेर गरेमा संक्रामक रोग ऐन २०२० को दफा २(२) बमोजिम नियन्त्रणमा लिइ कडा कारवाही गरिने उल्लेख छ ।

Facebook Comments