रोशी सहकर्मी–बैशाख १६,
२०७७,बनेपा/

कोरोना भाईरस फैलिन नदिनको लागि गरेको लकडाउन उलंघन गर्ने २१ जना व्यापारीहरुलाई इलाका प्रहरी कार्यालय बनेपाले सचेत गराएर छाडेको छ । मुलभर कोरोना भाइरसका कारण बन्दाबन्दी भइरहेको अवस्थामा बनेपाका २१ पसलले उल्लंघन गरेपछि इलाका प्रहरी कार्यालय बनेपाले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिम्सिनाको अनुसार अति आवश्यकिय भन्दा फरक प्रकृतिको पसल सञ्चालन गरी लकडाउन उल्लंघन गरेका २१ जना व्यापारीहरुलाई नियन्त्रणमा लिएपनि पुनः नगर्ने प्रतिबद्धता पछि सचेत गराएर छाडिएको जानकारी दिए ।

पक्राउमा परेका ति व्यापारीहरुलाई कोरोना सम्बन्धि चेतना मुलक कायमा सघाउन र आगामी समयमा लकडाउनको उल्लंघन नगर्न सचेत गराएर छाडेको थियो । काभे्र र आसपासको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको बनेपा बजारमा व्यापारीहरुले लकडाउनको उल्लंघन गर्दा यसको प्रभाव अन्यत्र समेत पर्ने भन्दै प्रहरीले कडाई गरेको हो ।

Facebook Comments