यश कुमार परियार–बैशाख १७,
२०७७,काभ्रे/

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघले जिल्लाका १३ वटै स्थानिय तहहरुलाई आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष रामहरी के.सी.ले जिल्लाको रोशी गाउँपालिकाका अध्यक्ष डि.बि.लामालाई ४० हजारको चेक हस्ताण्तरण गरेका हुन् । चेक बुझ्दै गाउँपालिका अध्यक्ष लामाले संघलाई धन्यवाद दिए । यस विपदको समयमा संघले गरेको सहयोग आफुलै कहिल्यै नभुल्ने भन्दै लामाले आगामि दिनमा गाउँपालिकाले गर्न सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै तेमाल गाउँपालिकालाई संघका लेखा समिति संयोजक जेनिस लामाले पालिका अध्यक्ष सलाम सिं तामाङलाई ४० हजारको चेक हस्ताण्तरण गरेका हुन् । चेक लिँदै गाउँपालिका अध्यक्ष तामाङले संघले गरेको सहयोग प्रति धन्यवाद दिए । साथै यस रकमलाई गाउँवासीको हितमा प्रयोग गरिने पनि बताए ।

यस सँगै जिल्लाका १३ वटै स्थानिय तहहरुलाई संघले आर्थिक सहयोग गरेको छ । संघका प्रवन्धक गुरुप्रसाद ढकालका अनुसार काभ्रेका ६ नगरपालिका र ७ गाउँपालिकालाई गरि कुल ५ लाख ८० हजार सहयोग गरिएको हो ।
विश्वभर महामारीको रुपमा फैलिरहेको नोभेल कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमण रोकथामका निमित्त स्थानिय तहहरुको विपद कोषमा संघले आर्थिक सहयोग गरेको उनले बताए । “यो रकम पर्याप्त त छैन तर अत्यावश्यक सेवामा सहयोग पुग्नेछ भन्ने विश्वास छ” ढकालले भने ।
केही दिन अघि अनलाईन प्रणालिमार्फत बसेको संघको बैठकले काभ्रे जिल्लमा रहेका नगरपालिकाहरुलाई ५०/५० हजारको दरले र गाउँपालिकाहरुलाई ४०/४० हजारको दरले सहयोग गर्ने निर्णय गरेको थियो ।

त्यस्तै संघले लकडाउनका कारण मारमा परेका सेवाग्राहरुहरुका निमित्त किस्ता तिर्नुपर्नेहरुलाई समय अवधि लम्ब्याउने, कर्जा लिएकाहरुका निमित्त व्याजमा छुट दिने, जरीवाना नलगाउने जस्ता बारेमा छलफल गरीरहेको प्रवन्धक ढकालले जानकारी दिए ।

Facebook Comments