रोशी सहकर्मी–जेठ १,
२०७७,काभ्रे/

गृह मन्त्रालयको निदेर्शन अनुसार आजदेखि एक जिल्लाबाट अर्को जिल्लामा प्रवेश निषेध गरिएसँगै जिल्ला प्रवेशको नाका साँगामा कडाई गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

जिल्लाका नाका साँगामा कडाई भएसँगै इलाका प्रहरी कार्यालयले अनावश्यक रुपमा गुडेका ३० वटा मोटरसाइकल र ४ वटा कारलाई नियन्त्रणमा लिएको कार्यालयको जानकारी छ । ती सवारी दिनभर प्रहरी कार्यालयको नियन्त्रणमा रहने र साँझ ट्राफिक नियम अनुसार १ हजार रुपैँया जरिवानापश्चात सवारी छोड्ने गरेको बताइएको छ ।

एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेले आजदेखि सबै किसिमका पास रद्द गरेको छ । पास रद्द भएपनि सवारी आवतजावतको लागि नयाँ तरिका अपनाइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले बताए । उनका अनुसार प्रमुख जिल्ला अधिकारीले जारी गरेको पासलाई अर्को जिल्लाको प्रमुख जिल्ला अधिकारीले दिएको अनुमति पत्र हरेर मात्र सवारी आवात जवात गर्न पाइने नयाँ नियम तोकिएको छ ।

अति आवश्यक जस्तै एम्बुलेन्स, खाद्यन्न, खानेपानी, औषधी, तरकारी ढुवानी लगायतका सवारीलाई भने यो नियम लागू नहुने उनले जानकारी दिए ।

Facebook Comments