रोशी सहकर्मी–जेठ १,
२०७७,सिन्धुपाल्चोक/

सिन्धुपाल्चोकको चौतारा टुडिखेलमा नेपाली सेनाद्धारा कोरोना भाइरस सम्बन्धी जनचेतनामुलक कार्यक्रम सहित घटना प्रतिकार्यबारे प्रर्दशनी गरेको छ ।

गोरख बक्स गण द्धारा गरिएको प्रदर्शनीमा कोरोना भाइरसको संभावित संक्रमित व्यक्ति सम्पर्कमा आएमा अपनाउनुपर्ने सुरक्षा बिधि बारे प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा पीपीई, ग्लोवस्, एन ९५ माक्स प्रयोग गर्ने तरिका सिकाईएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाइले जानकारी दिए ।

उनका अनुसार यदि कोरोना संभावित व्यक्ति देखा परेमा एम्बुलेन्सले उसको घरसम्म लिन जाने, अस्पतालमा बिरामी आउदा र आइसोलेसनमा राखेर उपचार गर्दा स्वास्थ्यकर्मीले अपनाउनुपर्ने सुरक्षाका बिधि बारे पनि प्रदर्शन गरिएको थियो ।

नेपाली सेनाले गरेको प्रदर्शनीमा कोरोना संभावित विरामीको उपचारको क्रममा मृत्यु भए शवको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारे पनि देखाईएको प्रमुख चापागाइले बताए ।

Facebook Comments