रोशी सहकर्मी–जेठ १,
२०७७,काभ्रे/

भारत सरकारले नेपाली भुमि लिपुलेक अतिक्रमण गरि मानसरोवर जोड्ने सडक निर्माण गरेको विरोधमा नेपाल तरुण दल बनेपाले मसाल जुलुस प्रदर्शन गरेको छ ।

लकडाउनको बावजुद नेपाल तरुण दल बनेपा नगर समितिले सरकारको लाचार शैली प्रति खेद प्रकट गर्दै देशको भुभाग रक्षाका निम्ति आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गाराउन र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै नेपालको सिमा अतिक्रमण गरेर एक स्वतन्त्र राष्ट्रको सार्वभौमिकता एबम राष्ट्रिय अखण्डताको हनन गर्ने भारत सरकार र भारत सरकारको निकृष्ट कदमको मुकदर्शक भएर लाचारी प्रदर्शन गर्ने वर्तमान सरकार दुवैको घोर विरोध गर्दै मसाल जुलुस निकालिएको नेपाल तरुण दल बनेपाका अध्यक्ष सुधिर वैद्यले बताए ।

सयौं तरुणहरुको सहभागितामा निकालिएको मसाल जूलूस लाई नेतृत्व गरेका वैद्यले यस्ता कदमको विरुद्धमा नेपाल तरूण दल बनेपा नगर समिति निरन्तर उभिने भन्दै नेपाल सरकारलाई सचेत रहन आग्रह गरे ।

Facebook Comments Box