रोशी सहकर्मी–जेठ ३,
२०७७,काभ्रे/
जिल्लाको धुलिखेल नगरपालिका वडा न ४ ले काममा आधारित राहत वितरण गरेको छ ।

लकडाउनका कारण समस्यामा परेका मजदुर, बिपन्न बर्गलाई काम गरे बापत वडाले राहत उपलब्ध गराएको हो । ५२ जनालाई काम पछिको राहत वितरण गरेको वडाध्यक्ष रविन्द्र कर्माचार्यले जानकारी दिए ।

सडक सफा, मर्मत र झाडी सरसफाई गरे बापत दैनिक साढे सात सयका दरले दैनिक आवश्यक पर्ने खाद्यान्न उपलब्ध गराएको वडाध्य कर्माचार्यले बताए । यसरी काम गर्नेहरुमा कोठामा बस्ने देखि स्थानीयसम्म छन् । वडाले दुईरदुई दिन काम दिएको थियो ।

कतिपयले दुई दिन काम गरेर एक बोरा चामल लगेका छन् । कतिपयले चिनी, दाल, नुन, तेल लगाएतको खाद्यान्न लगेका छन् । यसअघि वडाले ४ सय ५१ जनालाई वितरण गरेको थियो ।

काममा आधारित राहत उपलब्ध गराउन थालेपछि राहत लिन आउनेको संख्या उल्लेखिय मात्रमा घटेको वडाध्यक्ष कर्माचार्यले बताए । उनले भने, ‘कामपछि राहत उपलब्ध गराउँदा ब्यवस्थापन गर्न समेत निकै सजिलो भएको छ ।’ दोस्रो चरणका लागि समेत निवेदन आह्वान गरेको वडाध्यक्ष कर्मचार्यले बताए ।

Facebook Comments Box