पुस ११,
२०७७,काभ्रे/

बसमा मृग लिएर हिँडेको अवस्थामा भक्तपुरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका ९ बस्ने ३६ वर्षीय राम कृष्ण थापा छन् । उनलाई मध्यपुर ठिमी नगरपालिका ३ कौशलटारचोकबाट एउटा मृग सहित प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट आउँदै गरेको बा.२ ख ५२९१ नम्बरको बसमा मृग ल्याएको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले जाँचगर्दा बसको डिक्की भित्र लुकाइ ल्याएको मृत अबस्थामा रहेको मृग फेलापारी बस चालक थापालाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको भक्तपुरका प्रहरी प्रबक्ता डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।

Facebook Comments