काभ्रे,
बचतकर्ताहरुको अर्बौँ बचत रकम हिनामिनाको आरोपमा कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सीबी लामा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । लामा सहितको समूहले कान्तिपुर र पशुपति सेभिङ्गको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप छ । लामाविरुद्ध सहकारीको अर्बौँ बचत हिनामिना आरोपसहित जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको थियो । कार्यालयका प्रमुख एवम् एसएसपी सानुराम भट्टराईका अनुसार लामालाई काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइएको छ ।
कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल यसअघि नै पक्राउ गरेका थिए । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालक समितिका सञ्चालकहरु विरुद्ध अहिलेसम्म ३५० भन्दा धेरै बचतकर्ताले जाहेरी दिएका छन् ।