यश कुमार परियार–जेठ ४,
२०७७,काभ्रे/

जिल्लाको तेमाल गाउँपालिका स्तरीय अनुगमन समितिले गाउँपालिका भित्र संचालित योजनाको अनुगमन गरेको छ । तेमाल गाउँपालिकाकी उपाध्यक्ष दुर्गामाया तामाङको संयोजकत्वमा रहेको समितिले शनिबार एकै दिन विभिन्न वडाका ७ आयोजना स्थलको अनुगमन गरेका हुन् ।

अनुगमनमा गाउँपालिका उपाध्यक्ष तामाङ, समितिका सदस्य एवं गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेल, योजना शाखा प्रमुख राज कुमार तामाङ, ईन्जिनियर हेम कुमार तामाङ, सदस्य चन्द्र लामा, पार्वती श्रेष्ठको उपस्थिति रहेको थियो ।

समितिले वडा नम्बर ३ मा रहेको कुँडुवाल पञ्चबुद्ध निर्माण स्थल, वडा नम्बर ४ को भञ्ज्याङ खानेपानी ट्याङकी, थार्पा छोईलिङ गुम्बा, वडा नम्बर ६ को छापछारा सत्तल जाने सडक, कोञ्ज्योसोम माने समुह भवन, सेतीदेवी देविथान मन्दिर, वडा नम्बर ७ को धुल्खु कालिदेवी मन्दिर निर्माणस्थलको अनुगमन गरेको समितिका संयोजक गाउँपालिका उपाध्यक्ष तामाङले जानकारी दिईन् । ९ वडा रहेको गाउँपालिका भरिमा हाल विकाश पुर्वाधार लगायत ६० ओटा योजना संचालनमा रहेको उपाध्यक्ष तामाङको अनुमान छ ।

राहत कोषमा साँडे २३ लाखः

गाउँपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । कोरोना भाईरसबाट देश आक्रान्त भईरहेको समयमा जटिल समस्या आईपरेमा तत्काल खर्च गर्न सक्ने गरी स्थापना गरिएको उक्त कोषमा हाल सम्म २३ लाख ४६ हजार ६ सय ६८ रुपौया जम्मा भईसकेको गाउँपालिका उपाध्यक्ष तामाङले जानकारी दिइन् ।

रकम सँगै स्वास्थ्य सामग्रीहरु पनि सहयोग आएको बताईन् । गाउँपालिकामा १० वटा स्वास्थ्य संस्था रहेको र सबैलाई आवश्यक मात्रामा स्वास्थ्य सामग्री वितरण गरीएको उनको भनाई छ । गाउँपालिकाले हालै आफ्नो पालिका भित्रका सबै नागरिकको घरघरमा पुगेर स्वास्थ्य जाँच गर्दै निःशुल्क औषधी वितरण गरिसकेको छ ।

Facebook Comments Box