काभ्रे,
काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र लामा र उपाध्यक्ष दलमान थोकर सडक डिभिजन कार्यालय, भक्तपुरमा पुगेर आफ्नो गाउँपालिकामा सञ्चालित आयोजनाहरुको बारेमा चासो लिनुभएको छ । आज (मंगलबार) अध्यक्ष लामा र उपाध्यक्ष थोकरले डिभिजन प्रमुख मेघराज मरासिनीसँग आयोजना ढिलाई किन भयो भनी चासो व्यक्त गरेका हुन् ।
उनीहरुले मुख्यतः भकुण्डे, मेच्छे मुक्पाटार तित्रेटार माम्दी सडक निर्माणमा ढिलाई भएकोमा चिन्ता व्यक्त गरेका थिए । अध्यक्ष लामाले सडकको समस्याको कारण जनागुनासो धेरै आएको छ । किन यसरी ढिलाई भयो भनि प्रस्न गर्नुभएको छ । उँहाले कार्यालय प्रमुख मरासिनीसँग गाउँपालिकाले गर्नुपर्ने कार्यमा कुनै कसुर नराख्ने बताउदै सडक निर्माण छिटोभन्दा छिटो सुचारु गराउन आग्रह गर्नुभएको छ । जवाफमा मरासिनीले निर्माण कम्पनीलाई काम सूचारु गर्न पत्र समेत काटेको बताउनुभयो ।